Ad Code

Responsive Advertisement

बराहक्षेत्र ५ नयाँ टोलमा हरिकिर्तन अष्टजामसमापन

  मिति २०८० फाल्गुण ११ गते र १२ गते बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ नयाँ टोलमा २४ घण्टे अखण्ड हरिकीर्तन अष्टजाम सुरु भएको सफलतापूर्वक समापन भएको छ।

गाउँवासीहरूको सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै यो अष्टजाम सुरु गरिएको नयाँ टोल गहबर ग्रामथान संरक्षण समितिले जनाएको छ।

यस अखण्ड हरिकीर्तन अष्टजामलाई सफल पार्न स्थानीय किर्तन मण्डली ,हर्दिया किर्तन मण्डली , लक्ष्मीपुर कीर्तन मण्डली धनपुरी किर्तन मण्डली र कुम्याही किर्तन मण्डली गरी पाँच कीर्तन मण्डलीले सहभागी जनाएका थिए।
यस अखण्ड हरिकीर्तनको महामन्त्र
हरे राम हरे राम राम हरे हरे!
हरे कृष्ण हरे कृष्ण कृष्ण हरे हरे!!
रहेको थियो।
हिजो फाल्गुण ११ गते ३:३० बजे सुरुवात गरिएको यो अनुष्ठान आज फाल्गुण १२ गते ३:३० बजे नै समाप्त छ ।
तसर्थ यस पावन अवसरमा २४ घण्टे अखण्ड हरिकीर्तनमा उपस्थित भई हरिभजन श्रवण गर्न हुन र प्रसाद ग्रहण गर्न सम्पूर्ण ग्रामवासी श्रद्धालु भक्तजन हरूमा नयाँ टोल गहबर ग्रामथान संरक्षण समितिद्वारा हार्दिक अनुरोध गरिएको थियो।
२४ घण्टे अखण्ड हरिकीर्तन समाप्ति पश्चात सहभागी सम्पूर्ण किर्तन मण्डलीहरूलाई नयाँटोल गहबर ग्रामथान संरक्षण समितिका अध्यक्ष श्री अधिकलाल चौधरीले हार्दिक कृत्य कृतज्ञता तथा धन्यवाद ज्ञापन गरेका थिए। यस अनुष्ठानमा सहभागी भएका प्रत्येक कृतन मण्डलीलाई ग्रामथान संरक्षण समितिद्वारा नगद तथा प्रशंसापत्र प्रदान गरिएको थियो।

















   ग्रामथान संरक्षण समितिका सचिव श्री प्रदीप बासमैतद्वारा सञ्चालित समापन कार्यक्रममा अष्टजाम संयोजक श्री परशुराम चौधरी, गहदार श्री मोदनाथ धामी तथा गाउँका अन्य प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यस अनुष्ठानको समापन अघि एक महिला र एक पुरुष गरी गाउँको दुई ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाई सम्मान पनि गरिएको थियो। सम्मानित हुने जेष्ठ व्यक्तित्वहरू क्रमशः श्री सामैन बासमैत र श्री जनकलाल चौधरी हुनुहुन्थ्यो।






यसैगरी कार्यक्रममा उपस्थित अन्य महानुभावहरूलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो।


















     



Post a Comment

0 Comments

Close Menu