Ad Code

Responsive Advertisement

बराहक्षेत्र ५ नयाँ टोलमा २४ घन्टे अखण्ड हरिकीर्तन (अष्टजाम)

 मिति २०८० फाल्गुण ११ गते र १२ गते बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ नयाँ टोलमा २४ घण्टे अखण्ड हरिकीर्तन अष्टजाम सुरु भएको छ।

गाउँवासीहरूको सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै यो अष्टजाम सुरु गरिएको नयाँ टोल गहबर ग्रामथान संरक्षण समितिले जनाएको छ।


यस अखण्ड हरिकीर्तन अष्टजामलाई सफल पार्न स्थानीय किर्तन मण्डली ,हर्दिया किर्तन मण्डली , लक्ष्मीपुर कीर्तन मण्डली धनपुरी किर्तन मण्डली र कुम्याही किर्तन मण्डली गरी पाँच कीर्तन मण्डलीले सहभागी जनाएका छन्।
यस अखण्ड हरिकीर्तनको महामन्त्र निम्नानुसार रहेको छ।:-
हरे राम हरे राम राम हरे हरे!
हरे कृष्ण हरे कृष्ण कृष्ण हरे हरे!!
हिजो फाल्गुण ११ गते ३:३० बजे सुरुवात गरिएको यो अनुष्ठान आज फाल्गुण १२ गते ३:३० बजे नै समाप्त हुने ग्रामथान
 संरक्षण समितिले जनाएको छ।
तसर्थ यस पावन अवसरमा २४ घण्टे अखण्ड हरिकीर्तनमा उपस्थित भई हरिभजन श्रवण गर्न हुन र प्रसाद ग्रहण गर्न सम्पूर्ण ग्रामवासी श्रद्धालु भक्तजन हरूमा नयाँ टोल गहबर ग्रामथान संरक्षण समिति हार्दिक अनुरोध गर्दछ।

Post a Comment

0 Comments

Close Menu